×

गैँडाकाेट । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ का ३१ वर्षिय पुरुषको ३९ घण्टा पछि सेनाले शव ब्यवस्थापन गरेको छ । कोरोनाको उपचारका क्रममा असोज २ गते राति १२ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएका पुरुषको उपचार खर्च पुरा नबुझाएको भन्दै शव ब्यवस्थापनमा ढिलाई भएको हो ।

अस्पतालमा एक लाख ६६ हजार तिर्न बाँकी रहदा अस्पताल प्रशासनले शव ब्यवस्थापनमा ढिलाई गरिदिएको मृतकका भाइ सोम सुनारले बताए । ‘कोरोनाका बिरामीलाई निःशुल्क उपचार हुन्छ भन्ने सुनेको हो, तर यहाँ त लाखौँ रूपैयाँको बिल तिर्न लगाइएको छ’, उनले भने, ‘ग्लोब्स, फेस शिल्ड, स्यानिटाइजर, पेपर टेपसमेत हामीलाई नै किन्न लगाइएको छ । हामीलाई अन्याय भएको छ ।’ निरन्तर अस्पताल प्रशासनसँगको आर्थिक छुट मागमा अस्पतालले शब ब्यवस्थापनको ६ हजार शुल्क मृतकको परिवारले नै ब्यहोर्ने गरि अस्पतालबाट शव निकाल्न अनुमति दिएको समेत सोमले बताए ।
अस्पतालले शव निकाल्ने अनुमति दिएपश्चात आज ९शनिवार० दिउसो ३ बजेको समयमा अस्पतालबाट सेनाले शव निकालेर अन्त्यष्टि गरेको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि बिरामीलाई भदौ २५ गते सिएमसी लगिएको थियो । भदौ २६ गते बिरामीमा कोरोना ९कोभिड–१९० पुष्टि भयो । कोरोना पुष्टि भएपछि बिरामीलाई सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

 

तपाईको प्रतिक्रिया