गैंडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ८ ले डुुवानका विषयलाई लिएर सामाजिक सञ्जालमा भैरेहको नकरात्मक टिकाटिप्पणी प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्वपश्चिम राजमार्गको उत्तर तर्फको केहिक्षेत्र वर्षाका कारण जलमग्न भएको बताउँदै समस्या समाधानका लागी प्रयास गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा अध्यक्ष डिलाराम रिजालद्धारा आज जारी विज्ञप्तिमा वडा कार्यालयबाट पानीको निकासका लागि नगरपालिका कार्यालयमा छलफल भएको भन्दै समाजिक सञ्जालमा आफुलाई लक्षित गरि कटाक्ष गरिएको भन्दै दुख व्यक्त गरिएको छ ।