
गैँडाकोट । पूूर्वि नवलपरासीको बौदिकाली गाँउपालिकामा थप एकजनामा कोरोना संक्रमण भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा क्रममा थप एकजनामा कोरोना पुष्टि भएको गाँउपालिकाको कार्यालयले जनाएको छ ।
वडा नं. ३ का ४९ वर्षका पुरुषमा संक्रमण देखिएको बौंदीकाली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीद्धारा आज जारी विज्ञेप्तिमा जनाइएको छ ।
गाउँपालिका कार्यालयले हालसम्म पालिका भित्र ३९ जनामा संक्रमण देखिएकोमा ३८ जना संक्रमण मुक्त भएको जनाइएको छ ।