×

गैँडाकोट । पूर्वि नवलपरासीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परिक्षणका क्रममा थप १२ जनामा कोरोना पुष्टि भएको अस्पतालले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
थपिएका संक्रमित सबैभन्दा धेरै गैँडाकोट नगरपालिकाका रहेका छन । गैँडाकोट नगरपालिका वडा नं. १, २, ४,८,१० र १३ का गरि ७ जनामा कोरोना पुष्टि भएको छ ।
त्यसैगरी जिल्लाकै मध्यविन्दुु र देवचुली नगरपालिकामा २ /२ जनामा संक्रमण देखिएको छ भने कावासोती नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया