गैँडाकोट । पूर्वि नवलपरासीको बृटिसक्याम्प नजिकै सोमवार साँझ देखिएको वेवारिसे शव रातारात गायव भएको छ । गैडाकोट नगरपालिका वडा नं. १ बृटिसक्याम्प नजिकै जंगलमा महिलाको बेवारिसे शव भेटिएको देखिएको थियो । शव देखिएपछि सोमबार साँझ स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक चन्द्रवहादुर थापाले घटनास्थलमा पुगेर हेर्दा स्थानीयले भनेको ठाँउमा शव फेला नपरेको बताउनुु भयो । प्रहरीले घटनास्थलबाट घडी, चप्पल र सल फेला परेको छ । उहाँले यस विषयमा प्रहरीले अनुसन्धान जारी राख्ने बताउनु भएको छ । मौलाकालिका सामुदायिक वन क्षेत्र अन्र्तगत पर्ने वृटिसक्याम्प भन्दा केहि पर टाउको नभएको अवस्थामा वेवारिसे अवस्थामा महिलाको शव स्थानीयले देखेका थिए ।