कावासोतीबाट एक युवा बेपत्ता ;खोजी गरिदिन परिवारको आग्रह
गैँडाकोट । पूर्वि नवलपरासीको कावासोतीबाट एक युवा बेपत्ता भएका छन । कावासोती नगरपालिका वडा नं. ८ सगरमाथा टोलका १८ वर्षीय देवेन्द्र काफ्ले (पवन) कार्तिक २० गते रातिदेखि परिवारको सम्पर्कमा नआएका हुन ।
घरमा खाना खाएर कोठामा सुतेका उनि सोहि दिन मध्यरात देखि हराएको दाजु पुरुषोत्तम काफ्लेले उज्यालो खबरलाई जानकारी दिए । पुरुषोत्तमका अनुसार भाईले घरको पछाडीको ढोका खोलेर बाहिरिएका हुन । देवेन्द्रले प्रयोग गर्ने गरेको मोवाईल समेत सोहि दिनदेखि अफ रहेको परिवारले जनाएको छ । उनि हरिहर सन...


