Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले लागुऔषध सहित २ युवालाई पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ घर भएका २२ वर्षका सोम बहादुर परियार र १९ वर्षका अमित परियार लागुऔषध सहित पक्राउ परेका हुन ।

मध्यबिन्दु नगरपालिका वडा नं. ८ स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश ३.०३.००१ प ७३२१ नं.को मोटरसाईलमा सवार उनिहरु लागुऔषध सहित समातिएको प्रहरी निरिक्षक सागर पन्तले उज्यालो खबरलाई बताए ।

उनिहरुको साथबाट डाइजापाम ६० एम्पुल, फेनारगन ६० एम्पुल, नुर्फिन ५० एम्पुल गरी जम्मा १७० एम्पुल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै युवालाई लागु औषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको छ ।

 

तपाईको प्रतिक्रिया