Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीको मध्यविन्दुबाट ७ जना जुवाडे पक्राउ परेका छन । मध्यविन्दु नगरपालिका वडा नं. २ स्थित शेरी भन्ने स्थानबाट ७ जना जुवाडे सोमबार दिउसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । उनिहरुको साथबाट ४२ हजार १७० नेपाली रुपैया र २६० दिराम बरामद गरिएको प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए ।

नारायणजगं कार्कीको घरमा जुवा तास खेल्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मध्यबिन्दु न.पा. वडा नं. ७ बस्ने वर्ष ३० का भवानीशंकर थनेत, वडा नं. १ बस्ने वर्ष ४३का खोर बहादुर चौधरी ,वडा नं. २ का वर्ष ३७ को सुन बहादुर आले मगर , वर्ष ५३ का हेमलाल थनेत , वर्ष ३३ का उदय उप्रेती, वर्ष ४५ को पदम राना र वडा नं. ७ बस्ने वर्ष ३१ का कृष्ण कुमाल रहेका छन ।

पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया