
गैँडाकोट । पूर्वि नवलपरासीको कावासोतीबाट ८ जना जुवाडे पक्राउ परेका छन । कावासोती नगरपालिका वडा नं. १५ गुदार भन्ने स्थानबाट ८ जना जुवाडे नगद रकम सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जनाएको छ ।स्थानीय मिनराज महतोको घरमा जुवा खेलिरहेका उनिहरुलाई नगद सहित पक्राउ गरिएको प्रहरी निरिक्षक बिशाल तामाङले जानकारी दिनुभयो ।
पक्राउ परेका हरुको साथबाट नगद रु. १लाख ८६ हजार ९०५ र भारतीय १३० रुपैँया बरामद गरिएको उहाँले बताउनु भयो । पक्राउ पर्नेमा देवचुली न.पा.११ बस्ने वर्ष ३६ का लिल बहादुर राना, कावासोती न.पा.१५ बस्ने वर्ष २७ का युवराज महत्तो, वर्ष २६ का रुमेश महत्तो, वर्ष ३३ का मधु मगर, वर्ष ३३ का डिल्लिराज भण्डारी, वर्ष ३५ का जितेन्द्र शाह, वर्ष ४२ को मिन बहादुर थारु र बुलिङटार गाउँपालिका ४ बस्ने वर्ष ३० का छाल बहादुर मुम्मी रहेका छन ।
उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ।