Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

कावासोती । पूर्वी नवलपरासीको देबचुलीमा जुवाको खालबाट ५ जना पक्राउ परेका छन् । शनिबार दिउँसो देबचुली नगरपालिका ११ कैलाश चोकमा संजय कुँवरले सन्चालन गरेको पोल्टी फर्मबाट ८० हजार १ सय ४५ नगद सहित ५ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार जुवा खेल्दै गरेको सूचनाका आधारमा छापा मार्दा स्थानीय ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा देवचुली ११ का अम्बर बहादुर गुरुङ , देवचुली १४ का कृष्ण श्रेष्ठ , सुरेन्द्र श्रेष्ठ , ओमप्रसाद पौडेल र देवचुली १३ का टेकराज शर्मा रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कावासोतीमा ल्याइएको छ । गत दुई महिनाको अवधिमा पूर्वी नवलपरासीका विभिन्न स्थानबाट दुई दर्जन बढी जुवाडे पक्राउ परिसकेका छन् ।

तपाईको प्रतिक्रिया