अधिकारीको सम्झनामा देवघाटधामका बृद्धवृद्धालाई भाेजन
नवलपुर । गैँडाकोट नगरपालिका वडा नं. ५ निवासी स्वर्गीय श्रीप्रसाद अधिकारीको सम्झनामा पवित्र तिर्थस्थल देवघाटधाममा रहेका बृद्धवृद्धालाई खाना खुवाउने कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
स्वर्गीय अधिकारीकी श्रीमिति ज्ञानुमाया अधिकारीको आयोजनामा भएको कार्यक्रमको संयोजन लायन्स क्लव अफ मौलाकालिका ग्रीनको गरेको थियो । लायन्स क्लव अफ मौलाकालिका ग्रीनका अध्यक्ष मीना दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम भ्वाईस डिस्ट्रिक गर्भनर लायन रामप्रसाद भट्ट प्रमुख अतिथि र लायन प्रभाकर पण्डी...


