×

नवलपुर । नवलपुरमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ४ कि ७५ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण बुधवार मृत्यु भएको हो ।
श्वासप्रश्वास सम्बन्धी समस्याबाट लामो समयदेखि पिडित ति वृद्धामा मंसिर १६ गते मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो ।
हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक कृष्णप्रसाद सापकोटाले उज्यालो खबरलाई दिएको जानकारी अनुसार आफन्तहरुले कोरोना संक्रमित वृद्धाको अवस्था गम्भिर बनेपछि अस्पतालबाट मंगलबार नै घरमा लगेकोमा आज घरमै उनको ज्यान गएको हो । उनको विहिवार परिवारले अन्तिम दाहसंस्कार गर्ने जनाएको छ । हुप्सेकोट गाउँपालिकामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।

 

तपाईको प्रतिक्रिया