Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैँडाकोट । पूर्वि नवलपरासीमा जुवा (कौडा) खेल्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका वडा नं. १ स्थित मेघापार्कमा जुवा खेलिरहेका उनिहरु गएराति पक्राउ परेका हुन ।

उनिहरुको साथबाट नगद ३ लाख ८५ हजार २२५ रुपैँया बरामद गरिएको नवलपुर प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा स्थानीय ३९ वर्षका सुवास चन्द्र ओझा, भरतपुुर महानगरपालिका वडा नं. ११ का ४० वर्षका किरण श्रेष्ठ, वडा नं. ११ कै ४० वर्षका दुर्गामान गुरुङ, भरतपुर २ का ३० वर्षका सन्दिप गुरुङ र लम्जङ सुन्दरबजार नगरपालिका वडा नं. ४ घर भएका ३९ वर्षका दिनेश जोशी रहेको प्रहरी ईन्सपेक्टर मधुसुदन सिहंले जानकारी दिनुभयो ।

पक्राउ परेका उनिहरुमाथी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया