चितवन राष्ट्रिय निकुञ्जमा आज फेरी मृत गैँडा भेटियो
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम रोकिएको छैन । आज दुई वर्षको पोथी गैंडा मृत फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका वडा नं. १७ स्थित अमलटारी अन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा करिब २ बर्ष उमेरको पोथी बच्चा गैडा मृत अवस्थामा फेला परेको छ । सो गैडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको अधिकारीले जानकारी दिनुभयो ।
मृत्युको ...


