नेकपा ओली समूहको आज बुटवलमा शक्ति प्रदर्शन, प्रधामन्त्रीले सम्बोधन गर्ने
बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ। बिहान ११ बजेपछि सुरु हुने कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम बुटवल उपमहानगरपालिका–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा गर्ने तयारी भएको छ। लुम्बिनी प्रदेश समितिले आयोजना गरेको आमसभामा दुई लाख नागरिक भेला गर्ने ओली समूहको दावी छ।
अराजकताको अन्त्य, राजनीतिक स्थिरता, संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता, ताजा जनादे...


