×

नवलपुर विशेष

नवलपरासी पूर्वमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

नवलपरासी पूर्वमा स्वास्थ्य बिमा कार्यक्रम सुरु
नवलपुर । ६८ औं जिल्लाका रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्वास्थ्य बिमा दर्ता कार्यक्रम सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार जिल्लाको कावासोतीमा कार्यक्रमको सुरु गर्नुभएको हो । जिल्लाका आठवटै स्थानीय तहमा आज देखी स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु गरिएको गण्डकी प्रदेश स्वास्थ्य बिमा बोर्डका संयोजक जीवलाल खरेलले बताउनुभयो ।  नवलपुर ६८ औं जिल्लाका रुपमा बिमा कार्यक्रम शुरु भएको हो । यस अघि देशैभरका ६७ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम ल...

वैशाखमा चुनाव हुँदैन : कांग्रेस महामन्त्री शशांक कोइराला

वैशाखमा चुनाव हुँदैन : कांग्रेस महामन्त्री शशांक कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वैशाखमा चुनाव संभव नरहेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी पनि उनको छ। सरकारले वैशाख १७ र २७ मा चुनाव घोषणा गरेको छ। महामन्त्री कोइरालाले प्रतिनिधि सभा पुनर्स्थापनाकै लागि पार्टीले संघर्ष जारी राख्नुपर्ने पनि बताएका छन्।त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको रिले अनशनलाई ऐक्यबद्धता जनाउन आइतबार पुगेका कोइरालाले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संघर्ष गर्नुपर्छ। यो विषय अदालतमा पनि...

गगन थापाले हुप्सेकोटमा बृहत आमसभालाई सम्बोधन गर्दै

गगन थापाले हुप्सेकोटमा बृहत आमसभालाई सम्बोधन गर्दै
कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापा  आज  आइतबार नवलपुर आउने भएका छ्न । थापाले जिल्लाको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँपालिकाले आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस हुप्सेकोट गाउँपालिकाका सभापति ओमन सिङ रजालीले जानकारी दिएका छन । हुप्सेकोट-३ बेलहानी स्थित मयुरपोखरी खेल मैदानमा बिहान १० बजे आयोजना गरिएको बृहत आमसभालाई थापा लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति रजालीले बताए ।

कावासाेतीबाट १६ जुवाडे पक्राउ ( नाम सहित )

कावासाेतीबाट १६ जुवाडे पक्राउ ( नाम सहित )
कावासोती । नवलपरासीको कावासोती नगरपालिका ४ हसौराबाट नवलपुर प्रहरीले तास खेली रहेको अवस्थामा ४७ हजार ४ सय ५५ रुपैयाँ सहित १६ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरिका अनुसार कावासोती ४ हसौरा निवासी ३४ बर्षीय लेखबहादुर थारुको घर जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिने क्रममा टेकबहादुर दर्लामी लडी घाइते भएको र उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको प्...

गैंडाकोटबाट फेरि १४ बर्षीया बालिका बेपत्ता

गैंडाकोटबाट फेरि १४ बर्षीया बालिका बेपत्ता
नवलपुर । गैंडाकोट नगरपालिका वडा नं. ८ की एक बालिका हिजोदेखि हराएकी छन्।गैँडाकोट नगरपालिका वडा नं. ८ करङघारी उज्जवल टोल बस्ने १४ वर्षीया पवी परियार रश्मी हिजो बिहान करिब सवा १० वजेदेखि घरबाटै बेपत्ता भएको आमा शान्ती परियारले जानकारी दिनुभयो। विजय सामुदायिक शिक्षा सदन गैंडाकोटमा कक्षा ५ मा अध्ययनरत पवी परियार हिजोदेखि बेपत्ता भएपछि शान्तीको परिवार यति बेला भावविव्हल अवस्थामा छ। परिवारमा जेठी छोरी र एक छोरा रहेको र जेठी छोरी पवी परियार बेपत्ता भएपछि हिजोदेखी नै परिवारले वि...

सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज  वितरण गरिदै

सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज  वितरण गरिदै
नवलपुर। नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार आज  वितरण गरिदै छ । यस वर्षको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेललाई वितरण गरिने नेपाल प्रेस युनियन नवलपुरका सचिव  आशिष रेग्मीले जानकारी दिए । पोख्रेल नेपाल पत्रकार महासङको वरिस्ठ उपाध्यक्ष  समेत हुन । श्रमजिबी पत्रकारको पक्षमा र प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर लड्दै आए...

नवलपुरकाे आकाशमा प्याराग्लाइडिङ्ग उड्यो

नवलपुरकाे आकाशमा प्याराग्लाइडिङ्ग उड्यो
कावासाेती — पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ बालुवाडाँडामा प्याराग्लाइडिङ्गको परीक्षण उडान गरिएको छ । पहाडमा मात्र हुँदै आएको प्याराग्लाइडिङ्ग पहिलो पटक तराईको जिल्लामा सफल परीक्षण गरिएको हो । आज  बालुवाडाँडाबाट उडान गरिएको बालुवाडाँडा पर्यटन युवा संजालका अध्यक्ष उमेश रानाले बताए । रानाका अनुसार ९ सय मिटर उचाईबाट उडान गरेर २ सय मिटर उचाईको पोखरी ताल क्षेत्रमा प्याराग्लाइडिङ्ग ल्यान्ड गरिएको थियो ।नागरिक उड्ययन मन्त्रालयसँग अनुमति लिएर परीक्षण उडान गरिएको र सफल भएकाले...

नवलपुरमा आज पनि कोरोना विरुद्धको खोप लगाईने !

नवलपुरमा आज पनि कोरोना विरुद्धको खोप लगाईने !
सुस्मा न्यौपाने गैँडाकोट । कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानमा छुटेका लक्षित वर्गहरुको लागि नवलपुरमा आज पनि खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार मध्यविन्दु जिल्ला अस्पतालमा आज खोप लगाउन बाट छुटेकाहरुको लागि खोप लगाउने कार्यक्रम तय गरिएको छ । कार्यालयका प्रमख केशव चापागाँईका अनु्सार विहान १० वजेपछि मध्यविन्दु जिल्ला अस्पताल पुगेर तोकिएका सम्वन्धित सबैले खोप लगाउन सक्नेछन । आईतबारदेखि सुरु भएको कोरोना विरुद्धको खोप लगाउने अभियानमा जिल...

चितवन राष्ट्रिय निकुञ्जमा आज फेरी मृत गैँडा भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा आज फेरी मृत गैँडा भेटियो
नवलपुर  । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम रोकिएको छैन । आज दुई वर्षको पोथी गैंडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका वडा नं. १७ स्थित अमलटारी अन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा करिब २ बर्ष उमेरको पोथी बच्चा गैडा मृत अवस्थामा फेला परेको छ । सो गैडाको बच्चा प्राकृतिक कारणले मरेको प्रारम्भिक अनुमान गरिएको अधिकारीले जानकारी  दिनुभयो । मृत्युको ...