×

नवलपुर विशेष

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गतेदेखि विक्रीमा

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गतेदेखि विक्रीमा
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २३ गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट फागुन ७ गते आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । बोर्डले कम्पनीलाई रू. ६६ करोड बराबरको ६६ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको हो । कुल कित्तामध्ये ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखी बाँकी ५९ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमा ल्याउन ला...

देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण

देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण
भरतपुर। देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गरेका छन् । एकसाता अघिमात्र उनलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर अगाडि लैजाने भन्दै उहाँले देवघाटमा रहेका मठमन्दिर र आश्रमहरुको संरक्षण र प्रवद्र्धन गर्दै अगाडि बढ्ने बताए। उनले भने, “देवघाटमा रहेका स्थानीय तह, स्थानीयवासी र ...

एक करोड बढी हिनामिना गरी फरार चितवन मालपोतका तत्कालीन अधिकृत पक्राउ

एक करोड बढी हिनामिना गरी फरार चितवन मालपोतका तत्कालीन अधिकृत पक्राउ
चितवन । चितवनको जिल्ला मालपोत कार्यालयका तत्कालीन अधिकृत पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) बुधबार काठमाडौंको कागेश्वरीबाट तत्कालीन अधिकृतलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा भरतपुरका ५९ वर्षीय रिठ्ठे दमाई रहेको प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थापाले बताए। उनले एक करोड १७ लाख राजश्व हिनामिना गरी फरार भएको डिआइजी थापाले बताए।राजश्वबापत उठेको पैसा दाखिल नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेका थिए,डिआइजी थापाले भने,एक करोड १७ लाख ‍हाराहारीको हिनामिना ...

भन्सार छलेका अवैध सामान प्रति प्रहरीकाे गहिराे नजर : नवलपरासी (पश्चिम ) मा अवैध मालसामान  बरामद

भन्सार छलेका अवैध सामान प्रति प्रहरीकाे गहिराे नजर : नवलपरासी (पश्चिम ) मा अवैध मालसामान  बरामद
नवलपरासी ।  नवलपरासी (पश्चिम) प्रहरीले आज भारतबाट अवैध रुपमा ल्याउदै गरेको २ लाख १ हजार ३ सय ९० मुल्य बराबरको  जिउँदो बोईलर कुखुरा तथा बिभिन्न मालसामान बरामद गरेको छ । बिहान ११:०० बजेको समयमा भारतबाट अवैध रुपमा ल्याई वेवारिसे अवस्थामा राखेको ३२ गोटा (६४ के.जी.) जिउदो बोईलर कुखुरा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. १४ रक्सहवा स्थितबाट बरामद गरेको छ । त्यसैगरी दिउँसो १३:३० बजेको समयमा भारबाट अवैध रुपमा ल्याई राखेको २२ गोटा (४४ के.जी.) बोईल...

पत्रकार रानाभाटलाई टिभेट मिडिया अवार्डको दोस्रो पुरस्कार प्रदान

पत्रकार रानाभाटलाई टिभेट मिडिया अवार्डको दोस्रो पुरस्कार प्रदान
चितवन । पत्रकार डोलराज रानाभाटलाई टिभेट मिडिया अवार्डको दोस्रो पुरस्कार प्रदान गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीईभिटीद्धारा प्रदान गरिएको उक्त अवार्ड आज ३३ औँ वार्षिकोत्सवको अवसरमा रानाभाटलाइ प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले रु. २० हजार नगद राशी सहित प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सिटीईभिटीले उपलब्ध गराइरहेको शिक्षा तथा सीपबाट सफल जीवन विताएकाहरुको सफलतालाई समावेश गरी रानाभाट...

भाइहरूले लड्डु खाए, के पाउँछन मैले पनि हेर्नुछ : प्रधानमन्त्री ओली

भाइहरूले लड्डु खाए, के पाउँछन मैले पनि हेर्नुछ : प्रधानमन्त्री ओली
काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले केही फरक नपार्ने भन्दै अलिकत्ति पनि मनोवल तल नपार्न अपिल गर्नुभएको छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो भनाई राख्नुभएको हो । ‘हिजोको अदालतको फैसलाले प्रभाव पारेको छैन, त्यो सामान्य कुरा हो,’ नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रचण्ड र माधव जस्ता ...

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला

संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

स्कुल गेटले च्यापिएर कावासोतीमा एक बालिकाको मृत्यु

स्कुल गेटले च्यापिएर कावासोतीमा एक बालिकाको मृत्यु
गोविन्द घिमिरे नवलपुर । नवलपुरमा स्कुल गेटले च्यापिएर एक बालिकाको मृत्युु भएको छ । कावासोती नगरपालिका वडा नं. ५ मा रहेको कालिका माविको गेटले च्यापिएर कक्षा ३ मा पढ्ने गमित्रा सिंजालीको मृत्यु भएको हो । खेल्ने क्रममा विद्यालयको गेट पल्टदा १० वर्षिया बालिका सिंजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप कुमार गिरीले उज्यालो खबरलाई जानकारी दिए । विध्यालयमा खेल्ने क्रममा गेट पल्ददा साे घटना भएको बुझिएको छ । स्कुल गेटले च्यापिएर कक्षा ४ मा पढ्ने वर्ष ...

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल
चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको जानकारी दिनुभयो । प्रतिनिधिसभा निर्वाचन निर्धारित समयमा नै हुने र यसमा आशङ्का गर्नुपर्ने कुनै कुरा नरहेको स्पष्ट गर्दै उहाँले भन्नुभयो, “निर्वाचन हुन्छ कि हुँदैन भनेर आशङ्का गर्नुपर्ने कामै छैन, बिल्कुल हुन्छ । ...