गैँडाकोट । कोरोना भाईरस (कोभिड १९) को सक्रमण बढ्दै गएपछि गैँडाकोट नगरपालिकाले सामुुदायिक तथा संस्थागत विद्यालयहरुलाई ११ बुँदे निर्देशन जारी गर्दै स्वास्थ्य मापदण्डमा कडाई गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको पाईएपछि नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विशेष अवस्थामा विद्यालय सञ्चालन सम्बन्धी जरुरी सूचना जारी गरेको हो ।
नगर शिक्षा समितिको शुक्रबार बसेको बैठकले बैशाख मसान्त सम्म बार्षिक परिक्षा सम्पन्न गर्नेगरी प्रवन्ध मिलाउन आग्रह गर्दै कोभिडबाट बच्नको लागि सचेतता अपनाउन आग्रह गरेको शिक्षा शाखाका अधिकृत मोतीप्रसाद रिजालले उज्यालो खबरलाई बताए ।
नगर शिक्षा समितिले विद्यार्थीहरुको भौतिक उपस्थििति भन्दा अनलाईन मार्फत हुने सिकाईमा जोड दिन आग्रह गरेको छ भने बार्षिक परिक्षाको तयारी स्वरुप केहिदिन घरमै अध्ययनको व्ववस्था मिलाउन समेत आग्रह गरेको रिजालले बताए ।
विद्यार्थी बोक्ने सवारी साधनहरुले एक सिटमा एक जना मात्रै विद्यार्थी राख्न भन्दै बैठकले हरेक दिन मध्यान्न १२ वजेभित्र शिक्षक तथा विद्यार्थीहरुको स्वास्थ्य अवस्था के कस्तो छ भनेर नगरशिक्षा शाखामा पठाउन भनेको छ ।स्वास्थ्य भन्दा ठुलो कुरा अरु हुन नसक्ने भन्दै विद्यालयहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारे आईतबार देखिनै कडाईका साथ नगरपालिका भित्रका सबै विद्यालयहरुको अनुगमन गरिने भएको छ ।
नगरभित्रका विद्यालयहरुलाई पठाईको जरुरी पत्र तल




उज्यालो खबर




