![](https://www.ujayalokhabar.com/wp-content/uploads/2020/09/corona-death-1.jpg)
गैँडाकोट । पूर्वि नवलपरासीका कोरोना संक्रमित एक पुरुषको भरतपुरमा मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. ८ घर भएका ४२ वर्षका पुरुषको आज विहान ज्यान गएको चितवन मेडिकल कलेजले जनाएको छ ।
बैशाख ९ गते ज्वरो, खोकी र श्वासप्रस्वासको समस्या भै अस्पताल भर्ना भएका उनमा बैशाख १० गते कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए ।
चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बावजुत उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।