Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

कावासोती । विद्यालय स्तरमै कोरोना संक्रमण देखिन थाले पछि कावासोती नगरपालिकाका विद्यालयहरु शुक्रबार सम्म बन्द हुने भएका छ्न ।आईतबार बसेको नगरस्तरिय विपत व्यवस्थापन समितिले विद्यालयहरु र हाटबजारहरु शुक्रबार सम्म बन्द गर्ने निर्णय गरेको नगर स्तरीय विपत व्यवस्थापन समितिका सदस्य शारदाप्रसाद अधिकारीले जानकारी दिएका छ्न ।

नगरपालिकाको वडा नं २ मा रहेको शिव मा।वि मा कक्षा १० मा पढने विद्यार्थीमा गत बिहिबार कोरोना संक्रमण देखिए पछि विद्यालयहरु बन्द गर्नु पर्ने आवाज उठेको थियो ।विद्यालयहरु शुक्रबार सम्म बन्द रहेता पनि २० गते बाट सुरु हुने परीक्षा तालिका भने यथावत रहने र परीक्षा संचालन हुने जनाईएको छ ।

तपाईको प्रतिक्रिया