Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

कावासाेती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जुवा तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका वडा नं. ३ अठ्ठाईस बिगाह स्थित राम वहादुर जि.सीको घरमा जुवा तास खेली रहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन ।

जुवाडेहरुको साथबाट नगद रु. ४६ हजार ६ सय ७५ र भारतीय रुपैयाँ ५ हजार बरामद गरिएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।पक्राउ पर्नेहरु सबै कावासोती नगरपालिका वडा नं. ३ अठ्ठाईस विगाहका रहेका छन ।

पक्राउ पर्नेहरुको नामावली निम्नानुसार छ ।

१. जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ३ अठ्ठाईस विगाह बस्ने बर्ष ६९ को राम वहादुर जि.सी १
२. जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ३ अठ्ठाईस विगाह बस्ने बर्ष २७ को नारायण बि.क……१
३. जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ३ अठ्ठाईस विगाह बस्ने बर्ष ३३ को तिर्थ वहादुर पुन…१
४. जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ३ अठ्ठाईस विगाह बस्ने बर्ष ४४ को बिर वहादुर थापा..१
५. जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ३ अठ्ठाईस विगाह बस्ने बर्ष २५ को मिलन वानिया……१
६. जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ३ अठ्ठाईस विगाह बस्ने बर्ष ३० को दिलिप तिमिल्सीना१
७. जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा. वडा नं. ३ अठ्ठाईस विगाह बस्ने बर्ष २७ को अविनाश श्रेष्ठ…….१

तपाईको प्रतिक्रिया