Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । नवलपरासी पूर्वको गैँडाकोट र देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा शनिवार विद्युुत्त अवरुद्ध हुने भएको छ ।
गैँडाकोट नगरपालिकाका १,२, ३ ,४ ,५, ६, ७, ८, ९ ,१०, ११, १७ र  १८ वडाका विभिन्न स्थान र देवचुली नगरपालिकाको वडा नं. १६ र १७ का विभिन्न स्थानमा विहान १० वजेदेखि साँझ ५ वजेसम्म लाईन अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

नरायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा देवचुलीको मुकुन्डे खोलादेखि गैँडाकोट थुम्सी सम्मका रुखहरु कटान गर्ने भएकोले सो स्थानमा भएको ११ केभी फिडर लाईन बन्द गरी कार्य गर्नुपर्ने भएकोले विद्युत्त अवरुद्ध हुने वितरण केन्द्रको सूचनामा उल्लेख छ ।तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत्त सूचारु हुने पनि कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया