
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ।६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै एन्टीजेन टेष्टबाट ६४ जनाको रिपोर्ट पोजिटिभ आएको हो।
योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै २४ घण्टामा २०८ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७४ हजार ८१२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४२७ जना छन् । त्यस्तै लुम्बीनीमा २४८ जना, प्रदेश २ मा ४९, प्रदेश १ मा ३५, गण्डकीमा ४६ र सुदूरपश्चिम प्रदेशमा ३१ जना छन् । कर्णली प्रदेशमा भने पछिल्लो २४ घण्टामा संक्रमित देखिएका छैनन् ।