Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । नवलपरासी (पूर्व)मा कोरोना विरुद्धको दोस्रो डोज खोप वैशाख ८ र ९ गते लगाईने भएको छ । पहिलो र दोसा्रे चरणमा खोप लगाएकाहरुलाई दोस्रो डोज खोप दिन लागिएको हो ।
स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का प्रमुख केशव चापागाँईका अनुसार पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शव व्यवस्थाापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीहरुलाई बैशाख ८ र ९ गते पालो मिलाएर दोस्रो डोज दिन लागिएको हो । गएको माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरण र फागुन २ देखि १० गतेसम्म दोस्रो चरणको खोप अभियान सम्पन्न भएको थियो ।
स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जिल्लाका आठवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्था मार्फत खोप लगाउने जनाएको छ । कार्यालयका सूचना अधिकारी विर बहादुर श्रेष्ठले खोप लगाउनको लागि आवश्यक जनशक्ति तयारी अवस्थामा रहेको उज्यालो खबरलाई बताए ।

तपाईको प्रतिक्रिया