गैँडाकोट । नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकाका विभिन्न वडाहरुमा सोमबार केहि घण्टा विद्युुत्त अवरुद्ध हुने भएको छ ।
गैँडाकोट नगरपालिकाको १,२,३,४,५,६,७, ८, ९, १० र १८ नम्बर वडामा विहान ८ वजेदेखि विहान ११ बजेसम्म लाईन अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।
नायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा देवचुली सीजी अगाडी र भेडावारीमा लाईन स्थानान्तरण कार्य गर्नेहुँदा सो स्थानमा भएको मुकुुन्दपुर ३३ लाईन बन्द गरी कार्य गर्नुपर्ने भएकोले विद्युत्त अवरुद्ध हुने वितरण केन्द्रको सूचनामा उल्लेख छ ।
तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत्त सूचारु हुने पनि कार्यालयले जनाएको छ ।