×

नवलपुर विशेष

दोस्रो चरणमा नवलपुरमा १७५२ ले खोप लगाए : पत्रकारहरुको सहभागिता न्यून

दोस्रो चरणमा नवलपुरमा १७५२ ले खोप लगाए : पत्रकारहरुको सहभागिता न्यून
सुस्मा न्यौपाने गैँडाकोट । कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानमा नवलपुरमा १७५२ जनाले खोप लगाएका छन । सरकारले गत आईतबार देखि सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधि र पत्रकारहरुलाई सुरु गरेको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा जिल्लाका कुल १७५२ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । जिल्लाका हरेक पालिकाहरुमा खोप केन्द्र संचालन गरेर सुरु गरिएको दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियानमा कुल १७५२ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार...

हुप्सेकोटका वडा अध्यक्ष कानुङको मृत्यु : शोकमा आज गाउँपालिका बन्द

हुप्सेकोटका वडा अध्यक्ष कानुङको मृत्यु : शोकमा आज गाउँपालिका बन्द
सुस्मा न्यौपाने नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ का अध्यक्ष चित्र बहादुर कानुङको आज विहान निधन भएको छ । ४५ वर्षिय कानुङको आज विहान मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले उज्योलोलाई जानकारी दिईन । हिजो खाना खाएर घरमा राम्रैसँग सुतिरहेका उनि विहान पिसाव फेर्न बाहिर निस्केको र पछि सुत्न लाग्दा अचानक खाटबाट लड्न पुगी बेहोस भएका थिए । वेहोस भएका उनलाई परिवारले मध्यविन्दु जिल्ला अस्पताल लगेको केहिबेरमै मृत घोषणा गरेको थियो । गाउँपालिका व...

कावासोतीका युवालाई कालोमोसो दलेर कुटपिट गर्ने देवचु्लीका ६ जना पक्राउ

कावासोतीका युवालाई कालोमोसो दलेर कुटपिट गर्ने देवचु्लीका ६ जना पक्राउ
सांकेतिक तस्विर गोविन्द घिमिरे गैँडाकोट । पूर्वि नवलपरासीको सदरमुकाम कावासोतीका एक युवालाई कालोमोसो दलेर कुटपिट गरेको आरोपमा ६ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सवैजना देवचुली नगरपालिकाका रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । कावासोती नगरपालिका वडा नं. ७ का २७ वर्षिय दयाराज पाण्डे लाई कालोमोसो लगाउने, जुत्ताको माला लगाईदिने तथा कुटपिट र गालीगलौज गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले  उज्यालो खबरलाई  जानक...

फेरी मर्यो गैंडा, चालु आर्थिक वर्षमा मर्नेको संख्या २४ पुग्यो

फेरी मर्यो गैंडा, चालु आर्थिक वर्षमा मर्नेको संख्या २४ पुग्यो
चितवन  । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको अमलटाारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा आज मृत गैंडा फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको छ । गैंडाको खागखुर भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बुढो गैंडा ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । निकुञ्जमा चालु आर्थिक ...

आज श्रीपञ्चमी ,विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै

आज श्रीपञ्चमी ,विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी मनाइँदै
चितवन  । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साध...

नवलपुरमा ७५६ जनाले कोरोना विरुद्धकोे खोप लगाए

नवलपुरमा ७५६ जनाले कोरोना विरुद्धकोे खोप लगाए
सुस्मा न्यौपाने गैँडाकोट ।सरकारले सुरु गरेको कोरोना विरुद्धको दोस्रो चरणको खोप अभियानको दोस्रो दिनसम्म पूर्वि नवलपरासीमा ७५६ जनाले खोप लगाएका छन । मध्यविन्दु जिल्ला अस्पताल, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र र प्रस्तावित गैडाकोट नगर अस्पताल खोप केन्द्रबाट सोमबार ७५६ जनाले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वले जनाएको छ । कार्यालयका सूचना अधिकारी विर बहादुर श्रेष्ठले उज्यालो खबरलाई दिएको जानकारी अनुसार दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा सबैभन्द...

अदालतले दायाँबायाँ गरे सडकबाटै संसद ब्यूँताउने कांग्रेस नेता गुरुङकाे चेतावनी

अदालतले दायाँबायाँ गरे सडकबाटै संसद ब्यूँताउने  कांग्रेस नेता गुरुङकाे चेतावनी
कावासोती । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपालको संविधानले प्रधानमन्त्रीले संसद विघटन गर्ने व्यवस्थाको परिकल्पना समेत नगरेको अवस्थामा प्रधानमन्त्रीले गरेको संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै संविधान हेरेर फैसला गर्न सर्वोच्चका न्यायाधीशहरुलाई आग्रह गरेका छन । सोमबार पूर्वी नवलपरासीमा नेपाली काङ्ग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै गुरुङले भने “श्रीमान संविधान हेरेर फैसला गर्नुहोला,संविधानमा संसद विघटनको व्यवस्था छैन ।” सर्वोच्च अ...

नारायणगढ-बुटवल सडक विस्तारले गतिलिँदै,गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण

नारायणगढ-बुटवल सडक विस्तारले गतिलिँदै,गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण
कावासोती । देशकै गौरबको आयोजना नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गती लिएको छ । कोभिड – १९ र मजदुर आन्दोलन तथा अन्य विविध प्राविधिक समस्याका कारण प्रभावित बनेको आयोजनाको पूर्वी खण्डको काम अहिले तीब्र पारिएको छ । गैंडाकोटमा अधिकाशं साना कल्भर्ट निर्माण भईसकेको र देवचुलीको रजहर र कावासोतीको खरकटट जंगल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । यस्तै ठूला पुलको काम पनि तिब्र पारिएको छ । भने सडकको दाँयाबाँया माटो पुरेर लेबल मिलाउने फिलिङ्ग गर्ने , नाला नि...

कांग्रेसले कावासाेतीमा विराेधसभा आज गर्दै : केन्द्रीय सदस्य गुरुङले सम्बोधन गर्ने

कांग्रेसले कावासाेतीमा विराेधसभा आज गर्दै : केन्द्रीय सदस्य गुरुङले सम्बोधन गर्ने
कावासोती । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै प्रतिनिधि सभा पुन स्थापनको माग सहित निरन्तर आन्दोलन गर्दै आईरहेको नेपाली काङ्ग्रेसले आज  आफ्नो तेस्रो चरणको आन्दोलन अन्तर्गत ७७ जिल्लामा विरोध प्रदर्शन र सभा गर्दैछ । यता नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीको आयोजनामा आज जिल्ला सदरमुकाम कावासोतीमा विरोध प्रदर्शन र विरोध सभा आयोजना गरिएको नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीका सभापति विष्णु लामिछानेले बताएका छन् । कावासोतीमा हुने विरोध सभालाई नेपाली काङ्ग्रेसका ...