बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनाम बेसीँ गाडिएको अवस्थामा फेला परेको शव देवचुली नगरपालिका–३ नवलपरासीका नारायण बसेलको रहेको खुलेको छ । बुटवल–११ कालिका नगरमा आफ्नै व्यवसाय गर्दै आएका बसेल चैत ४ गते राति १२ बजेदेखि सम्पर्क विहिन भएको दाजु भागिरथ बसेलले बताउनुभयो । नारायण सगैँ व्यवसाय गर्ने ढोरपाटन नगरपालिका २ रिनामका १ जनालाई बुटवल प्रहरीले पक्राउ गरेको जनाईएको छ । आरोपितले प्रहरीलाई दिएको बयान अनुसार मृतक बसेल सगँको आर्थिक लेनदेनमा हत्या गरिएको खुलेको छ ।
बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका २ रिनाम घर भएका पुरुषले बुटवलमा व्यवसाय गर्दै आएका थिए । सोहि क्रममा बसेलसगँ पाटनरीमा व्यवसाय गर्ने भनि ११ लाख बुझाएको र पछि सहमतिमा नै पाट्नरीबाट बसेल निस्किएका थिए । ११ लाख रुपैयाँ बसेललाई बुझाउने बाहानामा मार्ने आरोपितले बुटवलमै हत्या गरि, सुतकेसमा हालेर ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनामबेसीँ मा बन्दैँ गरेको सव स्टेशन नजिकै जस्तिखोलाको कुलोको मुहानमा गाडेको बताएका छन् ।
गत चैत्र २७ गते स्थानियहरुले बाख्रा चराउन जाने क्रममा कुलोको मुहानमा खनेको र शंकास्पत देखेका थिए । तर मानिसहरु सजिलै पुग्न नसक्ने जस्तिखोलाको कुलो मुहानमा अन्य जनावरले खनेको हुन सक्ने भनि वेवास्ता गरेका बताए ।
बैशाख १ गते विहान प्रहरीको टोली उक्त घटना स्थलमा पुगेको थियो । शंकास्पत स्थानमा केहि खन्दा नाम्लो फेला परेको प्रहरी निरीक्षक जयराम वन्तले बताउनुभयो । केहि तल खन्दै जादाँ पलास्टिकले बेरेर रसीले कसेको अवस्थामा शव फेला परेको थियो । दिउँसो प्रहरीले शवलाई बुर्तिबाङमा ल्याएको थियो ।
अन्दाजी ३०—३५ वर्षिय पुरुष,दाह्री पालेको,कोट पाईन्ट सहित छालाको जुत्ता लगाएको हुलीया रहेपछि प्रहरीले बाग्लुङ जिल्ला सहित अन्य जिल्लाहरुमा मानिस हराएको भए यस प्रकारको हुलिया भएको मानिसको शव फेला परेको भनि खबर गरिएको थियो ।
सबैतिर खबर गरेपछि गत चैत्र ४ गते देखि बुटवलबाट एक पुरुष हराएको भन्ने खबर सुनेपछि उनकै शव हो या हैन भनि चिन्न दाजु भागिरथ बसेल तथा जेठान ध्रुब रेग्मीलाई लगाईएको थियो । मृतको शव हेरिसके पछि कानमा टप,दाह्री पालेको,कोट पाईन्ट लगाएको हुलिया मिलेको थियो । साथै मृतको खुट्टाको औलाको आधारमा नारायण बसेलकै शव रहेको दाजु भागिरथ बसेलले छुट्टाउनुभएको थियो ।
त्यस लगत्तै शंकाको घेरामा ढोरपाटन नगरपालिका २ रिनाम घर भई हाल बुटवलमा व्यसाय गर्दै आएका सहोदर दुई दाजुभाई रहेका थिए । उनीहरु मध्यबाट दाजुले ढोरपाटन नगरपालिका २ का वडा अध्यक्ष युवराज महतलाई शव भेटिएको हो या हैन भनि बुझ्न फोन गरेका थिए । वडा अध्यक्ष महतले एक पुरुषको शव फेला परेको जनाए लगत्तै फोन काटेर उनले मोबाईल अफ गरेको महतले बताउनुभयो ।
आरोपित मध्यका भाईलाई भने आज बिहान प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो । प्रहरी सगँको बयानका आधारमा उनले आर्थिक लेनदेनका कारण दाजुले नभई आफुले हत्या गरि शव लुकाउन सुटकेसमा प्याक गरि बसको डिक्कीमा राखेर रिनामबेसीँ कुलोको मुहानमा लगि गाडेको बताएका थिए ।