चिनियाँ ठेकेदार पक्ष र मजदुर कुटाकुट, ६ घाइते
नारायण शर्मा
नवलपरासी — बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट हुँदा ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न चिनियाँ ठेकेदार पक्ष र मजदुर पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
त्यहाँ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ । नेपाली मजदुरहरुले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् ।
जिल्ला प्रहरीका एसपी प्रक...


