Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण छिमेकी देशहरुमा बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी(पूर्व) ले सर्तकता अपनाउन सर्वसाधरणमा आग्रह गरेको हो ।
प्रशासनले होली नखेल्न तथा कुनैपनि भेला सभा जुलुस, गोष्ठी सेमिनार, बैठक लगायतका भिडभाड हुने कार्यक्रम नर्गन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी द्धारा जारी सूचनामा भौतिक दुरी कायम गर्न, मास्क तथा सेनेटाईजरको प्रयोग गर्न आग्रह गरिएको छ ।
उज्यालो खबरसँग कुरा गर्दै सिडिओ पंगेनीले होलीलाई लक्षित गर्दै प्रशासन कार्यालयले अनुगमनलाई प्रभावकारी बनाउने बताउनुभयो । प्रशासनले मसिनो गरि अनुगमन गर्ने भन्दै नियमको उलंघन गरेमा कानून वमोजिम कारबाही गरिने चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया