पार्टी कार्यालय भवन हेर्न ओली थापाथलीमा, पाँच वर्षको लागि सम्झौता
काठमान्डौ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका छन्।ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको निजी व्यक्तिको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुने नहुनेबारे अवलोकन गरेका हुन्।अवलोकनपछि उनले व्यवस्थापन सबै ठिक भएको बताएको कृषि तथा पशुपंक्षी मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।
‘प्रधानमन्त्रीले निरीक्षण गर्नुभयो। केहीबेर बस्नुभयो। आफ्नो पार्टी कार्यालय कस्तो छ हेर्नुभयो। यहाँ सेटअप गरेको सबै ठिक छ। अब हाम...


