![](https://www.ujayalokhabar.com/wp-content/uploads/2020/11/juwatas-3.jpg)
नवलपुर । होटलको कोठामा जुवा खेलिरहेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मौलाकालिका फैदीमा रहेको होटल ग्रीन फरेष्टमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका हुन ।होटलमा जुवा तास खेलिरहेको विशेष सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय गैँडाकोटको संयुक्त टोलि त्यँहा पुगेको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिए ।
पक्राउ पर्नेमा गैँडाकोट १ का ३६ वर्षका नवराज क्षेत्री,४८ वर्षीय मणिराम गौतम, ४२ वर्षीय रमेश प्रजापति, भरतपुर महानगरपालिका वडा नं. १ का वर्षका अशोक कुमार विक, ३४ वर्षीय नारायण थापा, भरतपुर २ का ४७ वर्षीय मनोज कुमार शाहा,सोही ठाउँका वर्ष ३९ का रोशन खड्का र भरतपुर ११ बस्ने ६१ वर्षीय पदम लामा रहेको उनले बताए ।
पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)मा राखिएको भन्दै कानुन वमोजिम कारबाही गरिने प्रहरीले बताएको छ । प्रहरी टोलीले जुवाको खालबाट २ लाख २५ हजार ५ रुपैया र भारतीय रुपैया १ हजार ६१० रुपैया समेत बरामद गरेको छ ।