×

 

गोविन्द घिमिरे
नवलपुर । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व हत्याउन पूर्वि नवलपरासीमा चारजनाले ईच्छा व्यक्त गरेका छन । ईच्छा राख्नेमा सबै प्रेस युनियनका जिल्ला तहका नेताहरु हुन् । संघ, प्रदेश र जिल्लामा नयाँ नेतृत्व चयनका लागि चैत्र २५ गते देशभर एकैसाथ निर्वाचन हुँदैछ ।
पत्रकार महासंघका बहालवाला अध्यक्ष होमराज रानाभाट सहित चारजनाले पूर्वि नवलपरासीमा चाहना राखेका हुन ।

महासंघको चैत्र २५ गते हुने निर्वाचनमा अध्यक्ष पदमा रानाभाट सहित पत्रकार नारायण शर्मा, श्रीराम सिग्देल र विरेन्द्र पराजुलीले उमेद्वारी दिने तयारी गरेका छन ।उज्यालो खबरसँग कुरा गर्दै वर्तमान अध्यक्ष होमराज रानाभाटले पत्रकार महासंघको जग्गा प्राप्तीको अन्तिम तयारी भै रहेको भन्दै सो जग्गामा सुविधासम्पन्न महासंघको भवन बनाएर मात्रै महासंघबाट विदाई हुन साथीहरुले आग्रह गरेको बताए । उनले सरकारले उपलव्ध गराउने जग्गामा बहुउदेश्सीय भवन बनाएर मात्रै आफुले महासंघको नेतृत्व हस्तान्तरण गर्ने योजना रहेको सुनाए ।

पुराना पत्रकार नारायण शर्माले जिल्लाका कृयाशिल पत्रकार साथीहरुले आग्रह गरेको खण्डमा अगाडी बढ्ने सोच रहेको प्रतिकृया दिए । महासंघलाई  बैको साझा थलोको रुपमा विकास गरि सवैको अपनत्व फिल गराउन आफुलाई धेरैले प्रस्ताव गरेको शर्माले बताए । उनले प्रेस युनियनले सर्वसम्मत रुपमा आफुलाई महासंघको नेतृत्व गर्न जिम्मा लगाएमा सो जिम्मा फत्ते गर्ने जानकारी दिए ।

पत्रकार महासंघका उपाध्यक्ष श्रीराम सिग्देलले  नवलपुर पत्रकार महासंघको अवको नेतृत्व आफुुले गर्ने बताए । यसअघि युुनियनको नेतृत्व गर्दै हाल महासंघको उपाध्यक्ष भएको हिसावले पनि स्वतः आफुुनै महासंघको अध्यक्षको उम्मेदवार बन्ने सिग्देलको तर्क छ । महासंघको नेतृत्व गर्नका लागि थुप्रै साथीहरु पाईपलाईनमा हुनुहुन्छ कोहि पनि व्यक्ति दोहोरिने भन्ने कुरा त सम्भव छैन उनले भने ।

महासंघको नेतृत्व गर्ने तयारी गरेका प्रेस युनियनका अध्यक्ष विरेन्द्र पराजुुलीले अहिले नै यो वा उ भन्ने कुरा क्लीएर भै नसकेको बताए । महासंघलाई सबैको छाता संघठन बनाउने भन्दै उनले सबैसँग छलफल गरिने बताए । पत्रकारहरु मध्ये जिल्लाको ठुलो संगठन भएको नाताले प्रेस युनियनले त्यसको नेतृत्व गर्ने भन्दै उनले विगत देखिनै युनियनको अध्यक्ष नै महासंघको निर्वाचनमा अध्यक्ष भएर जाने गरेको बताए । पराजुलीले घुमाउरो पारामा महासंघमा आफ्नै नेतृत्वमा जाने संकेत गरे ।

प्रेस चौतारीका जिल्ला अध्यक्ष हिमालदेव पंगेनीले आफुहरुले महासंघको निर्वाचनको लागि आन्तरिक छलफल चलाइरहेको बताए । २५ गतेको तयारी भित्रभित्रै छ पंगनीले भने : महासंघमा सबैको प्रतिनिधित्व हुने गरी जानुपर्छ भन्ने चौतारीको माग हो । पत्रकार महासंघ नवलपुरमा नयाँ पुराना गरि १३२ जना पत्रकारहरु साधरण सदस्य छन् ।

तपाईको प्रतिक्रिया