नवलपुर । स्कुल बसको ठक्करबाट हुप्सेकोट २ दन्दरमा ३ वर्षीय बालकको मृत्यु भएको छ । लोकसेवा मा.वि मध्यविन्दु ९ बसन्तपुरको लु १ क ३९९९ नम्बरको बसको ठक्करबाट सुकमाया परियारको ३ वर्षीय छोरा कृष परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।
बुधबार दिउसो हुप्सेकोट २ दन्दर स्थित भित्री सडकमा बसले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयाे ।