×

नवलपुर । देशका विभन्न जिल्लामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएपछि पूर्वि नवलपरासीमा थप सर्तकता अपनाइएको छ ।कार्यालयले छिमेकी मुलुक भारतबाट आउनेहरुको स्वास्थ्य अवस्था कस्तो छ भनेर ज्वरो मापन गर्ने पहिलो चरणको कामलाई कडाईका साथ लागु गरेको छ ।

त्रिवेणी नाका हुँदै जिल्ला भित्रने नेपाली तथा भारतीय नागरिकहरुको बोर्डरमै ज्वरो मापन गर्ने गरिएको कार्यालयका प्रमुख केशव चापागाँईले उज्यालोलाई जानकारी दिए ।भारतबाट आउने नेपालीहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टाईनमा बस्न पनि स्वाथ्थ्य कार्यालयले आग्रह गरेको छ । “हामीले भारतबाट अउनेहरुलाई अनिवार्य रुपमा होम १० दिन क्वारेन्टाईनमा बस्न आग्रह गरेका छौ , यसको पालना भै रहेको छ कि छैन भनेर अव निगरानी समेत गर्दैछौ उनले भने ।”

स्वास्थ्य कार्यालयले जिल्लाका पाँचवटा स्वास्थ्य संस्थाहरुमा कोरोना भाईरस (कोभिड १९) परिक्षण गर्ने एन्टीजिन किट तयारी अवस्थामा राखेको छ । गैँडाकोट स्वाथ्य चौकी, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, चोरमारा प्राथमिक स्वाथ्य केन्द्र, दुम्कीबास स्वाथ्य चौकी र त्रिवेणी सुस्ता स्वास्थ्य चौकीमा सो किटको प्रवन्ध गरिको कार्यालयका सूचना अधिकारी विरबहादुर श्रेष्ठले बताए ।

नयाँ प्रजातीको कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित जिल्लाको सूचीमा राखेपछि आफुहरुले पनि सर्तकता अपनाइएको उनले बताए ।जिल्लाका सवै स्थानीय तहहरुलाई कोरोना भाईरसबाट बच्नका लागी अपनाउनु पर्ने सावधानीका सम्वन्धमा स्वाथ्थ्य कार्यालयले आजै परिपत्र गर्ने तयारी समेत गरेको छ ।

तपाईको प्रतिक्रिया