×

गैँडाकोट ।गैँडाकोट नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ अन्र्तगत गैँडाकोट सहित देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका हेर्ने गरी स्थानीय जनगणना कार्यालय स्थापना गरिएको हो ।

कार्यालयको एक समारोहका विच गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभयो । कार्यालय उद्घाटन गर्दै पौडेलले १२ औं राष्ट्रिय जनगणना २०७८लाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले यो अभियानमा कोहि छुट्न र दोहोरिन नहुने बताउनुभयो ।स्थानीय जनगणना अधिकारी देवेन्द्र गौतमले नगरपालिकामा स्थापना गरिएको स्थानीय जनगणना कार्यालयले प्रभावकारी रुपमा काम गर्ने बताउनुभयो ।

कार्यालय उद्घाटन कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देल, बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटा, जिल्ला जनगणना कार्यालयका प्रमुख जितेन्द्र रानाभाट, गैँडाकोट नगरपालिकाका प्रशासकीय अधिकृत पुष्पराज शर्मा, लिलाधर शर्मा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया