गण्डकी प्रदेशमा ११ सय क्षयरोगका बिरामी
नवलपुर– गण्डकी प्रदेशमा यस वर्ष एक हजार १२७ जना क्षयरोगका बिरामी फेला परेका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म सात हजार ७८४ शंकास्पद बिरामीमध्ये एक हजार १२७ जनामा क्षयरोग पुष्टि भएको हो।गत वर्षको तुलनामा यस वर्ष क्षयरोगीको संख्या घटे पनि आगामी चार महिनामा अझै थपिने अनुमान गरिएको छ। अघिल्लो आर्थिक वर्षमा कूल एक हजार ९४८ क्षयरोगका बिरामी पहिचान भएका थिए।
गण्डकीमा फेला परेका क्षयरोगीमध्ये सबैभन्दा धेरै कास्कीका तीन ...
