Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । देवचुली-१३ का ६८ वर्षीय संक्रमितलाई उपचारका लागी अस्पताल लैजान एम्बुलेन्स नपाए पछि उनलाई ट्रयाक्टरमा अस्पताल लगिएको थियो ।

गत वैशाख १५ मा कोरोना संक्रमित भएका उनी होम आईसोलेसनमा रहेका र सोमबार दिउसो श्वासप्रश्वासमा समस्या आए पछि ट्रयाक्टरमा राखेर अस्थायी कोभिड अस्पताल पुर्‍याईएको र कोभिड अस्पताल हाता भित्र उनको ज्यान गएको देवचुलीको स्वास्थ्य शाखाले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या आए पछि अक्सिजन दिएर एम्बुलेन्समा समयमै अस्पताल पुर्‍याउन नपाएको र एम्बुलेन्स नपाए पछि आफुहरुले ट्र्याकटरमा अस्पताल लैजादै गर्दा अस्पताल परिसरमा ज्यान गएको मृतकको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया