Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीको कावासोतीमा ८३ वर्षीय कोरोना संक्रमित वृद्धाको आज विहान मृत्यु भएको छ । धादिङको बेनीघाट रोराङ गाँउपालिका स्थायी घर भई कावासोती नगरपालिका वडा नं. १६ स्थित छोरीको घरमा बस्दै आएकि वृद्धाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
चितवन मेडिकल कलेजमा उपचाररत ति वृद्धालाई आफन्तले घर नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा लगेर उपचार गर्ने भन्दै आज विहान चितवनबाट नवलपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
मध्यविन्दु अस्पतालका कोरोना फोकल पर्सन डा. शिवराज न्यौापनेले आफन्तले अस्पताल ल्याउँदै गर्दा विहान ११ः१५ वजे मृत्यु भएको उज्यालो खबरलाई बताए ।

तपाईको प्रतिक्रिया