×

नवलपुर विशेष

चितवनमा छैन अक्सिजनको अभाव, ठूला अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट

चितवनमा छैन अक्सिजनको अभाव, ठूला अस्पतालमा आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट
रासस चितवन । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा रहेका कारण अक्सिजन पर्याप्त रहेको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आफ्नै अक्सिजन प्लान्ट रहेका छन् । ती अस्पतालले अहिले कोभिडको...

गैँडाकोटमा कोरोना संक्रमित बढ्दै : आजमात्रै २१ जना थप

गैँडाकोटमा कोरोना संक्रमित बढ्दै : आजमात्रै २१ जना थप
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा सोमबार थप २१ जनामा कोरोना संक्रमण भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको स्वाब परिक्षणमा २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजका अनुसार गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,८,११ र १६ नम्बर वडाका १० जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी भरतपुर अस्पतालले गैडाकोट नगरपालिका वडा नं. १,२,४,५,८,१६ र १८ का ११ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ । अति प्रभावित जिल्ला चितवनसँग जोडिएको नवलपुरको गैँडाक...

हात्ती प्रजनन् केन्द्रकी नारायणकलीले जन्माइन् छावा

हात्ती प्रजनन् केन्द्रकी नारायणकलीले जन्माइन् छावा
नवलपुर। चितवन राष्ट्रिय निकुञ्‍जको सौराहास्थित हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोरमा नारायणकली नामको हात्तीले छावा जन्माएकी छिन् ।गएराति नारायणकलीले छावाको जन्माएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सुत्केरी हात्ती र भाले बच्चा स्वस्थ स्फूर्त रहेको अधिकारीले बताए । प्रजनन् केन्द्रमा चालू आर्थिक वर्षमा जन्मिएको हात्तीको यो दोस्रो छावा हो । सुत्केरी हात्तीको स्याहारका लागि तीनजना हात्तिसार कर्मचारी खटाइएको छ । नारायणीकली हात्ती निकुन्जकै बगई माडी ...

गैँडाकोटमा थप १० जनामा कोरोना संक्रमण

गैँडाकोटमा थप १० जनामा कोरोना संक्रमण
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप १० जनामा कोरोना संक्रमण भएको छ । चितवन मेडिकल कलेजमा गरिएको स्वाब परिक्षणमा १० जनामा कारोना संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजका अनुसार गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,८,११ र १६ नम्बर वडाका १० जनामा कोरोना पोजेटिभ देखिएको छ । अति प्रभावित जिल्ला चितवनसँग जोडिएको नवलपुरको गैँडाकोटको आवतजावत बढिहुँदा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी

चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याउने सरकारको तयारी
काठमाडौं । सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र  ले निर्णय गरेको छ । उत्पादकहरूले अक्सिजन पर्याप्त भए पनि सिलिन्डर अपुग हुँदा आपूर्ति गर्न नसकिएको बताउँदै आएका छन् । त्यस्तै मानिसहरूले घरमा अक्सिजन होल्ड गरेर राख्दा पनि अपुग भएको उनीहरूको भनाइ छ । नयाँ प्रजातिको कोरोना भाइरसले संक्रमितको श्वासप्रश्वासमा असर पार्ने र उनीह...

कोरोना महामारीको मार : चितवनलाई धेरै जिल्लाको भार

कोरोना महामारीको मार : चितवनलाई धेरै जिल्लाको भार
नारायण अधिकारी चितवन । ‘मेडिकल सिटी’ का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नु परेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने चितवनले अहिलेको कोरोना महामारीको समयमा पनि यसका सङ्क्रमितको उस्तै भार थेग्नु परेको हो । जिल्लामा केन्द्रीय स्तरको भरतपुर अस्पताल, दुईवटा ठूला मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, एक आँखा अस्पताल र २४ वटा निजी अस्पताल रहेका छन् । ती अस्पतालमा जिल्लासहित छिमेकी...

नवलपुरमा थप २९ जनामा कोरोना संक्रमण

नवलपुरमा थप २९ जनामा  कोरोना संक्रमण
गैँडाकोट । पूर्वि नवलपरासीमा थप २९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाका देवचुली, कावासोती, मध्यविन्दु र हुप्सेकोटका २९ जनामा कोरोना पुष्टी भएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा २२ जना र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।पछिल्लो समय नवलपुरमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।

पोखरामा ८ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा  ८ जना कोरोना संक्रमितको मृत्यु
नवलपुर । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो ।

नवलपुरमा २२३ जनामा कोरोना संक्रमण, सबैभन्दा बढी गैँडाकोटमा

नवलपुरमा २२३ जनामा कोरोना संक्रमण, सबैभन्दा बढी गैँडाकोटमा
नवलपुर । पूर्वि नवलपरासीमा सत्रदिनको अवधिमा २२३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १ गतेदेखि १७ गतेसम्म जिल्लामा २२३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । कार्यालयका प्रमुख केशव चापाँगाईले कोरोना भाईरस कोभिड १९ का कारण यो विचमा २ जनाले ज्यान गुमाएको र ३ जना निको भएर घर फर्केको जानकारी दिए । जिल्लामा सबैभन्दा वढी गैँडाकोट नगरपालिकामा ६९ जना कोरोना संक्रमित भएका छन ।त्यसैगरी कावासोती नगरपालिकामा ५९, देवचुली नगरपालिकामा ३६, मध...