Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा सोमबार थप २१ जनामा कोरोना संक्रमण भएको छ । चितवन मेडिकल कलेज र भरतपुर अस्पतालमा गरिएको स्वाब परिक्षणमा २१ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजका अनुसार गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,८,११ र १६ नम्बर वडाका १० जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी भरतपुर अस्पतालले गैडाकोट नगरपालिका वडा नं. १,२,४,५,८,१६ र १८ का ११ जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।
अति प्रभावित जिल्ला चितवनसँग जोडिएको नवलपुरको गैँडाकोटको आवतजावत बढिहुँदा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा छ ।

तपाईको प्रतिक्रिया