Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । पूर्वि नवलपरासीमा सत्रदिनको अवधिमा २२३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १ गतेदेखि १७ गतेसम्म जिल्लामा २२३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
कार्यालयका प्रमुख केशव चापाँगाईले कोरोना भाईरस कोभिड १९ का कारण यो विचमा २ जनाले ज्यान गुमाएको र ३ जना निको भएर घर फर्केको जानकारी दिए ।
जिल्लामा सबैभन्दा वढी गैँडाकोट नगरपालिकामा ६९ जना कोरोना संक्रमित भएका छन ।त्यसैगरी कावासोती नगरपालिकामा ५९, देवचुली नगरपालिकामा ३६, मध्यविन्दु नगरपालिकामा २२, विनयीत्रिवेणी गाउँपालिकामा १८, हुप्सेकोट गाउँपालिकामा १४ जना कोरोना संक्रमित भएका छन ।
जिल्लाका २ पहाडी गाँउपालिकाहरु बौँदीकाली र बुलिङटारमा १/१ जनामा कारोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया