×

नवलपुर विशेष

ईलाका प्रहरी कार्यालय गैँडाकोटको ईन्सपेक्टरमा लक्ष्मी पाण्डे खनाल आउने

ईलाका प्रहरी कार्यालय गैँडाकोटको ईन्सपेक्टरमा लक्ष्मी पाण्डे खनाल आउने
गैँडाकोट । ईलाका प्रहरी कार्यालय गैँडाकोटमा नयाँ प्रहरी निरिक्षकको रुपमा लक्ष्मी पाण्डे खनाल आउने हुनुुभएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार नक्सालबाट उहाँ ईलाका प्रहरी कार्यालय गैँडाकोट आउन लाग्नुभएको हो । हालका प्रहरी निरिक्षक चन्द्रवहादुर थापाको सुरुवा भएपछि उहाँको ठाउमा लक्ष्मी पाण्डे खनाल आउन लाग्नु भएको हो । उहाँसंगै प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको निर्णयअनुसार २०७८ वैशा...

गैँडाकोट र देवचुलीका विभिन्न स्थानमा सोमबार विद्युुत्त अवरुद्ध हुने (हेर्नुहोस वडा सहित )

गैँडाकोट र देवचुलीका विभिन्न स्थानमा सोमबार विद्युुत्त अवरुद्ध हुने (हेर्नुहोस वडा सहित )
नवलपुर । नवलपरासी पूर्वको गैँडाकोट र देवचुली नगरपालिकाका विभिन्न वडाहरुमा सोमबार विद्युुत्त अवरुद्ध हुने भएको छ । गैँडाकोट नगरपालिकाका १० देखि १७ सम्मका सवै वडाहरुमा विहान ८ वजेदेखि मध्यान्न १२ वजेसम्म लाईन अवरुद्ध हुने नेपाल विद्युत्त प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ । त्यसैगरी देवचुली नगरपालिकाका १,२,३,४,५, १६ र १७ नम्बर वडामा विद्युत्त अवरुद्ध हुनेछ । नरायणगढ बुटवल सडक आयोजनाले सडक विस्तारको क्रममा लाईन स्थानान्तरण कार्य गर्नेहुँदा सो स्थानमा भएको ११ केभी रजहर...

६ वर्षमा थपिए १०७ गैंडा, सबभन्दा धेरै चितवनमा

६ वर्षमा थपिए १०७ गैंडा, सबभन्दा धेरै चितवनमा
चितवन । चितवनमा एक सिंगे गैँडाको संख्या बढेको छ ।आज सौराहामा सार्वजनिक गरिएको गैँडा गणनाको तथ्यांक अनुसार यसअघि चितवनमा ६०५ वटा गैँडा रहेकोमा बढेर ६५२ वटा पुगेको हो । देशभर गैँडाको संख्या ७५२ वटा रहेको छ । यही चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना शुक्रबार सकिएको थियो । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए । हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ । तर, कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको हो । यसअघि सन् २...

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भरतपुरको प्राकृतिक चिकित्सालय अवलोकन, सहयोगको प्रतिबद्धता

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भरतपुरको प्राकृतिक चिकित्सालय अवलोकन, सहयोगको प्रतिबद्धता
चितवन । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आज भरतपुरको वागेश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयको अवलोकन गरेका छन् ।भरतपुरमा एमाले चितवनको कार्यक्रममा आएका मन्त्री ज्ञवालीले योग तथा प्राकृतिक उपचारमा निकै उल्लेखनीय कार्य गरेको भन्दै चिकित्सालयको भ्रमण गरेका हुन् । चितवनका जिल्लास्तरीय नेताहरुसहित वागेश्वरी पुगेका मन्त्री ज्ञवालीले चिकित्सालयको उपचार पद्धतिको जानकारी लिनुका साथै उपचाररत बिरामीहरुसँग पनि कुराकानी गरेका थिए । सोही अवसरमा चिकित्सालयको व...

चितवन निकुञ्जमा गैँडा गणकमाथी जंगली हात्तीको आक्रमण : तीनजना घाईते

चितवन निकुञ्जमा गैँडा गणकमाथी जंगली हात्तीको आक्रमण : तीनजना घाईते
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिरहेका तीनजना जंगली हात्तीको आक्रमणमा परि घाईते भएका छन । पूर्वि नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. २ गैँडाखाल नजिकै चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिरहेका कर्मचारीहरु जंगली हात्तीको आक्रमणमा परि घाईते भएका हुन । घाईते हुनेहरुमा चन्द्रगीरी नगरपालिका वडा नं. ५ घुर भै हाल नवलपुर अमलटारी बस्ने ३५ वर्षका विनोद श्रेष्ठ, सर्लाही घर भएका ४२ वर्षका दिपेन्द्र चौधरी र रौतहट घर भएका प्रेमलाल चौधरी रहेको प्रहरी निरिक्षक विशाल त...

सिके राउतलाई नवलपरासी अदालतमा हाजिर हुन आदेश

सिके राउतलाई नवलपरासी अदालतमा हाजिर हुन आदेश
काठमाडौं । मुलधारको राजनीतिमा आएर जनमत पार्टीमार्फत गतिविधि गरिरहेका सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतले भनेको छ ।जिल्ला अदालत, नवलपरासीले चन्द्रकान्त राउत भनेर समेत चिनिने उनलाई ३५ दिनभित्र हाजिर हुन म्याद सूचना जारी गरेको हो । न्यायाधीश ध्रुवकुमार शाहको इजलासले २१ फागुनमा पत्रिकामा म्याद सूचना प्रकाशित गर्ने आदेश दिएको थियो । पक्राउ पूर्जीसहितको म्याद सूचना प्रकाशित गरे पनि नभेटिएपछि उनलाई हाजिर हुन भनिएको थियो । अदालतले तोकेको समयमा हाजिर नभए कानून अनुसार हुने...

नारायणगढ-बुटवल सडकः ‘तोकिएको अवधिमा सम्पन्न गर्न संसदिय समितिको निर्देशन

नारायणगढ-बुटवल सडकः ‘तोकिएको अवधिमा सम्पन्न गर्न संसदिय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डका रुपमा रहेको नारायणगढ–बुटवल सडक तोकिएका अवधिमा सम्पन्न गर्न जोड दिएको छ । सडक विभागका प्रतिनिधिसहित आज बसेको समितिको बैठकले सडक निर्माणमा रहेको समस्या समाधान गर्दै चाँडो निर्माण सकाउनुपर्ने औँल्याएको हो । समितिका सभापति कल्याणीकुमारी खड्काले सडक विभागलाई राजमार्ग निकुञ्ज भएरै जाने भएकाले त्यहाँ समस्या आउँछ भन्ने पहिले नै तयारी गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको अवधि लामो...

सार्वजनिक गाडीमा मास्क अनिवार्य, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

सार्वजनिक गाडीमा मास्क अनिवार्य, सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
काठमाण्डौ – कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गरिने भएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरबीच भएको छलफलमा कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडा...

नवलपुर प्रशासनले भन्यो : होली नखेल्नु भिडभाड नगर्नु !

नवलपुर प्रशासनले भन्यो : होली नखेल्नु भिडभाड नगर्नु !
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण छिमेकी देशहरुमा बढ्दो क्रममा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी(पूर्व) ले सर्तकता अपनाउन सर्वसाधरणमा आग्रह गरेको हो । प्रशासनले होली नखेल्न तथा कुनैपनि भेला सभा जुलुस, गोष्ठी सेमिनार, बैठक लगायतका भिडभाड हुने कार्यक्रम नर्गन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी द्धारा जारी सूचनामा भौतिक दुरी कायम गर्न, मास्क तथा सेनेट...