गैँडाकोट – जिल्ला प्रशासन कार्यालय नवलपरासी (पूर्व)ले कुनै पनि सवारी साधनलाई पास नदिने बताएको छ । आज (मंगलबार) एक सुचना जारी गर्दै कार्यालयले कुनै पनि प्रकारको सवारी पास जारी नहुने बताएको हो ।
सुचनामा भनिएको छ, गृहमन्त्रालयको पत्र बमोजिम निषेधाज्ञा जारी भएका जिल्लाहरुबाट आन्तरिक तथा बाह्य कुनै पनि प्रकारको सवारी पास जारी नगर्नु, नगराउनु भन्ने पत्र प्राप्त भएकोले यस कार्यालयबाट कुनै पनि प्रकारको पास नहुने जानकारी गराइन्छ ।
आजराति १२ वजेदेखि जिल्लामा निषेधाज्ञा सुरु हुने भएसँगै जिल्लामा लकडाउनलाई कडाई गरिने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या उल्लेख रुपमा बढेको भन्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले निषेधाज्ञाको अवज्ञा कोहि कसैले गरे कानून वमोजिम कारवाही गरिने चेतावनी दिईन ।
यो महामारीका विरुद्ध विश्व लडिरहेको वेला हामि समेत यहि लडाईमा छौ सबैले आफ्नो जिम्मेबारी पूरा गर्नका लागि घरमै बस्नुको विकल्प छैन उनले भनिन् ।


उज्यालो खबर