×

नवलपुर । नवलपुरमा निषेधाज्ञा सुरु भएसँगै जिल्लामा लकडाउनलाई कडाई गरिने भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या उल्लेख रुपमा बढेको भन्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले निषेधाज्ञाको अवज्ञा कोहि कसैले गरे कानून वमोजिम कारवाही गरिने चेतावनी दिईन ।
यो महामारीका विरुद्ध विश्व लडिरहेको वेला हामि समेत यहि लडाईमा छौ सबैले आफ्नो जिम्मेबारी पूरा गर्नका लागि घरमै बस्नुको विकल्प छैन उनले भनिन् ।

 लकडाउन कार्यान्वयनमा सम्झौता हुँदैन :  प्रहरी

नवपरासी (पूर्व) मा जारी गरिएको निषेधाज्ञालाई पूर्णरुपमा कार्यानवयन गराउन कुनै कसुर बाकि नराख्ने प्रहरीले जनाएको छ । निषेधाज्ञालाई कडाईका साथ लागु गराउन जिल्लाका सबै प्रहरी यूनिटहरुलाई सर्कुलर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी दिलिप कुमार गिरीले कोरोना भाईरसका कारण जिल्लामा उच्च जोखिम बढेको भन्दै सबै नागरिकहरु सचेत हुनुपर्ने बताए । उनले लकडाउनलाई कार्यान्वयन गर्न कुनैपनि किसिमको सम्झौता नगरिने प्रष्ट पारे ।

तपाईको प्रतिक्रिया