×

नवलपुर । पूर्वि नवलपरासीमा आज साँझ थप २७ जना कोरोना संक्रमित थप भएका छन । चितवन मेकिडल कलेज भरतपुरमा गरिएको स्वाब परिक्षणमा जिल्लाका २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
चितवन मेडिकल कलेजका अनुसार जिल्लाको गैँडाकोट नगरपालिका कावासोती नगरपालिका तथा हुप्सेकोट र बौदीकाली गाउँपालिकाका २७ जनामा संक्रमण पुष्टि भएको छ ।
आज साँझ आएको २७ जनाको रिर्पोट मध्ये सबैभन्दा बढि २२ जना गैँडाकोटका रहेका छन । त्यसैगरी ३ जना कावासोती नगरपालिकाका छन भने १, १ जना बौदीकाली र हुप्सेकोट गाउँपालिकाका रहेका छन । यो सँगै जिल्लामा सकृय कोरोना सक्रमितको संख्या ५०० को नजिक पुगेको छ ।

तपाईको प्रतिक्रिया