×

फाईल तस्विर 

सुस्मा न्यौपाने
बौदीकाली । कोभिड १९ को संक्रमणको दर जिल्लामा बढ्दै गएपछि पूर्वि नवलपरासीको बौदीकाली गाउँपालिकाले कोरोनाबाट गाउँवासीलाई सुरक्षित राख्न आवश्यक तयारी पूरा गरेको छ ।
कोरोना भाईरस बाट बच्नका लागि गाउँपालिका कार्यालयले हालै ८ शैया क्षमताको अक्सिजन सहितको कोभिड अस्थायी अस्पताल निर्माण गरेको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकतृ प्रदिपचन्द्र सुवेदीले बताउनुभयो ।
कोरोना भाईरस (कोभिड १९) बाट सुरक्षित रुपमा गाउँवासीलाई राख्नको लागि आवश्यक उपकरण र स्वास्थ्यकर्मी तयारी अवस्थामा राखिएको उहाँले बताउनु भयो । उहाँका अनुसार गाउँपालिका भित्र क्षेत्रगत रुपमा एक एक जना जनप्रतिनिधिहरुलाई कोभिड फोकल पर्सन तोकिएको छ ।
नागरिकहरुको स्वास्थ्य बाहेक अरु कुरा ठुलो हुन सक्दैन प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ः कोभिडबाट यहाँका जनतालाई सुरक्षित राख्नु नै हाम्रो पहिलो प्राथमिकता हो ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरात १२ वजेदेखि जेष्ठ ४ गतेसम्मका लागि जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रचारप्रसार र नियमित माईकिङ गर्ने गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । हालसम्म बौँदीकालीमा कोरोना संक्रमित फेला परेका छैनन ।

तपाईको प्रतिक्रिया