×

नवलपुर । समयमै अस्पताल पुराउन नसक्दा कोरोना संक्रमितको मृत्युु भएका भन्दै पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा तालाबन्दी गरिएको छ ।देवचुली नगरपालिका वडा नं. १३ का ६८ वर्षीय पुरुषको सोमबार ट्याक्टरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

नगरवासी पिडाले छटपट्याउदा समेत नगरपालिकाले समयमै एम्वुलेन्स नपठाउदा उनको मृत्यु भएको आफन्त एवंम् स्थानीयहरुको दावी छ ।
मृतकलाई उचित क्षतिपूर्ति र नगरपालिकाले घटनाप्रति माफि माग्दै आगामी दिनमा यस्तो गल्ती नगर्ने प्रतिवद्धता जनाउनु पर्ने माग गर्दै मेयर र उपमेयरको कार्यकक्षमा तालावन्दी भएको स्थानीय पत्रकार भिम भूसालले जानकारी दिए ।

मेयर, उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृत चढ्ने सवारी साधनको प्रयोग गरेरै भएपनि सो तर्फ ध्यान नदिएको भन्दै देवचुली नगरपालिकाको चौतर्फी आलोचना भैरहेको छ ।

तपाईको प्रतिक्रिया