×

नवलपुर विशेष

देवचुलीका कोरोना संक्रमित पुरुषको मृत्यु

देवचुलीका कोरोना संक्रमित पुरुषको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीको देवचुलीका कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ ।देवचुली नगरपालिका वडा नं. १४ का ५८ वर्षका पुरुषको मृत्यु भएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लग्ने क्रममा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का अनुसार जेष्ठ ४ गते चितवन मेडिकल कलेजमा गरिएको कोभिड परिक्षणमा उनको पोजेटिभ रिपोट आएको थियो ।सोहि दिन देखि नै उनि मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत रहेका थिए ।

गैँडाकोटमा थप २२ जनामा कोरोना संक्रमण

गैँडाकोटमा थप २२ जनामा कोरोना संक्रमण
सुस्मा न्यौपाने गैँडाकोट । गैँडाकोटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १६ स्थित अमरापुरी स्वास्थ्यचौकीमा स्वाव दिएका ४४ जना माध्ये २२ जनामा कोरोना पुष्टि भएको हो । गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाका प्रमुुख झलकराज पौडेलले जेष्ठ ११ गते लिइएको स्वाब परिक्षणका लागि मध्यविन्दु अस्पताल पठाइएकोमा नतिजा गएराति आएको जानकारी दिनुभयो । संक्रमित २२ जना मध्ये सबैभन्दा धेरै गैडाकोट १६ का रहेका छन । उनिहरु सबै हाल होमआईसोलेसनमा रहेको उहाँले बताउनु भ...

निषेधाज्ञाको अवज्ञा गरेको भन्दै कावासोतीका दुई व्यवसायी पक्राउ

निषेधाज्ञाको अवज्ञा गरेको भन्दै कावासोतीका दुई व्यवसायी पक्राउ
नवलपुर । कोभिड १९ संक्रमण रोकथामका लागी जारी निषेधाज्ञा उल्लंघन गरी पसल खोलेको भन्दै नवलपुरमा २ जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार सम्झाई बुझाई गर्दा समेत अटेर गरेर पसल सञ्चालन गरेपछि उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवन राप्ती न.पा. वडा नं. १ घर भई हाल कावासोती ३ बस्दै आएका ३३ बर्षका पुर्ण बहादुर श्रेष्ठ र पर्वत देउपुर गा.पा. वडा नं. २ घर भई हाल कावासोती ३ बस्दै आएका २० वर्षका बिनोद क्षेत्री रहेका छन् ।उनी...

नवलपुरमा जेठ २४ गते सम्म लकडाउन हुने !

नवलपुरमा जेठ २४ गते सम्म लकडाउन हुने !
नवलपुर । नवलपुर जिल्लामा निषेधाज्ञा थपिएको छ । आज बसेको विपत व्यवस्थापन समितिको बैठकले जेठ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्नका लागि सिफारिस गरेकाे हाे । विपत व्यवस्थापन समितिको सिफारिस  अनुसार  भोलि जेठ १४ राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञा अब जेठ २४ गते राति १२ बजे सम्मका लागि थप गरिने जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिनु भयो । पंगेनीले बल्ल जिल्लामा संक्रमणको दर र निको हुने दर उस्तै हाराहारीमा रहेकाले निष...

कोरोनाका कारण गैँडाकोटका एक पुरुषकाे भरतपुरमा मृत्यु

कोरोनाका कारण गैँडाकोटका एक पुरुषकाे  भरतपुरमा मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ का ५८ वर्षका पुरुषको भरतपुरमा मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा उपचारका लागि जेष्ठ ११ गते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी(पूर्व)ले जनाएको छ । उनमा बैशाख ३१ ग्ते कोरोना पोजेटिभ देखिखएको थियो ।

ट्रकको ठक्करबाट नवलपुरमा एक जनाको मृत्यु

ट्रकको ठक्करबाट नवलपुरमा एक जनाको मृत्यु
गैँडाकोट । भारतीय ट्रकको ठक्करबाट पूर्वि नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ ब्यारेजपुल नजिकै यूपी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ३५ वर्षका दशरथ गुप्ताको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका गुप्ताको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा दिउसो १: ३० वजे ज्यान गएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।गुप्तालाई ठक्कर दिने टकका चालक भारतीय नागरिक ४० वर्षका अरविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपुरको बौदीकालीमा थप ५९ जनामा कोरोना संक्रमण : ८१ जना होम आईसोलेसनमा

नवलपुरको बौदीकालीमा थप ५९ जनामा कोरोना संक्रमण : ८१ जना होम आईसोलेसनमा
गोविन्द घिमिरे गैँडाकोट।पूर्वि नवलपरासीको बौदीकालीमा थप ५९ जनामा कोरोना भाईरस(कोभिड१९) संक्रमण पुष्टि भएको छ । बौदीकाली गाउँपालिका वडा नं. ५ र ६का ५९ जनामा संक्रमण भएको गाउँपालिका कार्यालयले जनाएको छ । वडा नं. ५ र ६का विभिन्न टोलमा गरिएको एन्टिजिन परिक्षणमा ५९ जनामा संक्रमण देखिएको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार वडा नं. ५ का ७ जना र वडा नं. ६ का ५२ जना संक्रमित देखिएका छन् । कार्यालयका अनुसार वडा नं. ५...

नवलपुरमा कोरोना संक्रमित थप तीन महिलाको मृत्यु

नवलपुरमा कोरोना संक्रमित थप तीन महिलाको मृत्यु
नवलपुर । नवलपुरमा कोरोनाका कारण थप ३ महिलाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिकाका २ जना र विनयीत्रिवेणी गाउँपालिकाका एक महिलाको कोरोनाका कारण ज्यान गएको हो । गैँडाकोट नगरपालिका वडा नं. ५ कि ४० वर्षिया महिलाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उता गैडाकोट नगरपालिका वडा नं. १० कि ६४ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्युु भएको छ । त्यसैगरी विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ कि ६५ वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको स्...

गैँडाकोटमा थप ३० जनामा कोरोना संक्रमण

गैँडाकोटमा थप ३० जनामा कोरोना संक्रमण
सुस्मा न्यौपाने  गैँडाकोट।गैँडाकोटमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हरीहर मन्दिर परिसरमा लिइएका १४७ जनाको स्वाब परिक्षणका क्रममा ३० जनामा कोरोना पुष्टि भएको गैँडाकोट नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । कोरोना संक्रमित हुनेहरु गैँडाकोट नगरपालिका वडा नं. ६, ७, ८ र ९ नम्बर वडाका रहेका छन । संक्रमित सबैजना होम आईसोलेसनमा बसिरहेका छन् । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको पीसीआर परिक्षणको नजिता गएराति आएको हो ।