×

गोविन्द घिमिरे
नवलपुर । पूर्वि नवलपरासीमा आज र भोली भेरोसेल खोपको दोस्रो डोज लगाइदै छ । जिल्ला कोभिड खोप अनुगमन तथा व्यवस्थापन समितिको बैठकले विभिन्न मितिमा भेरोसिल खोपको पहिलो मात्रा लगाएकाहरुका लागि आज र भोलीका लागि दोस्रो मात्रा लगाउने निर्णय गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)का प्रमुख केशव प्रसाद चापागाईले स्थानीय तहहरुले यसअघि खोप लगाएका केन्द्रहरुबाटै खोप लगाउने कार्यतालिका रहेको जानकारी दिनुभयो ।
नवलपुर बाहेक अन्य जिल्लाबाट भेरोसिल खोपको पहिलो मात्रा लगाएका चार हप्ता पुगेको अवस्थामा दोस्रो प्राथमिकतामा राखी खोपको उपलव्धता अनुसार लगाईने छ । स्वास्थ्य कार्यालयका प्रमुख चापागाईका अनुसार जिल्ला भित्र प्रथम चरणमा भेरोसिल खोप लगाएका व्यक्तिहरुलाई खोप कार्डको आधारमा दोस्रो चरणको खोप लगाईने छ ।

स्वास्थ्य कार्यालयले पहिलो चरणमा खोप लगाएकै केन्द्रमा पुगेर दोस्रो मात्रा लगाउन समेत आग्रह गरेको छ । नवलपरासी (पूर्व) मा पहिलो चरणमा ४ हजार ९६५ जनाले भेरोसेल खोप लगाएका थिए ।

तपाईको प्रतिक्रिया