नवलपुर — पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजार जलमग्न भएको छ ।कावासोती र डण्डाको बीचमा रहेको केरुङे खोलाको बाढी हात्तीखेर भन्ने स्थानबाट पसेका कारण मुख्य बजार क्षेत्र जलमग्न भएको हो । सडकमा पानीको वहाव बढेपछि यातायात आवागमन रोकिएको छ ।
पूूर्वपश्चिम राजर्मागमा सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । कावासोती थानाचोकदेखि पश्चिम सभापतिचोकसम्मको बजार क्षेत्र र राजमार्ग क्षेत्र डुबानमा परेको छ ।

तपाईको प्रतिक्रिया